एसियन गेम्स क्वालिफायरः बलियो ओमानविरूद्ध सहज जित निकाल्दै नेपाल फाइनलमा

एसियन गेम्स क्वालिफायरः बलियो ओमानविरूद्ध सहज जित निकाल्दै नेपाल फाइनलमा

२०८३, जेठ २४ आइतवार

  • 333
    SHARES

  • एसियन गेम्स क्वालिफायरः बलियो ओमानविरूद्ध सहज जित निकाल्दै नेपाल फाइनलमा

    काठमाडौँ । नेपालले आज भएको एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको पहिलो सेमिफाइनलमा ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

    टस जितेर ब्याटिङ रोजेको ओमानको सुरुवात निकै खराब रह्यो। करण केसीले शुरुवाती दुई विकेट लिएपछि ओमान ३ ओभरमै ९–३ को अवस्थामा पुगेको थियो। मध्यक्रममा सुफ्यान मेहमुदले ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले उल्लेखनीय योगदान दिन सकेनन्। ओमान २० ओभरमा ९४ रनमा अलआउट भयो।

    जवाफमा नेपालले आक्रामक सुरुवात गरेको थियो। कुशल भुर्तेलले ८ बलमा २० रन बनाए। दुई ओेपनर आउट भए पनि लोकेश बम र रोहित पौडेलले सहजै लक्ष्य पूरा गरे। लोकेश बामले २६ बलमा ४४ रन (७ चौका र १ छक्का) प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।

    बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट बाँडे ।

    नेपालले यसअघि नै एशियन गेम्सको मुख्य प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेको छ। नेपाल सहित ओमान, मलेसिया र हंगकंग छनोट भएका हुन् । 

    २०८३, जेठ २४ आइतवार१२:०४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार