काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १५ मा अधिकृत स्तरका कर्मचारी अधिक रहेको पाइएको छ ।
सामान्यतया वडामा अधिकृत स्तरका कर्मचारीको संख्या ३ या ४ जना रहनेमा यस वडामा १० जना अधिकृत स्तरका कर्मचारी रहेका छन् ।
पाँचौं तहका कर्मचारी एकैपटक बढुवा हुँदा अधिकृत स्तरका कर्मचारीको संख्यामा वृद्धि देखिएको वरिष्ठ शाखा अधिकृत प्रमोद अधिकारीले जनाए । यहाँ अधिकृत स्तरका कर्मचारी धेरैहुँदा चौथो र पाँचौं स्तरका कर्मचारीको भने अभाव रहेको छ ।
यस विषयमा सम्पर्क गर्न खोज्दा वडाध्यक्ष ईश्वरमान डंगोलसँग सम्पर्क हुन सकेन ।