विद्यालयमा अजिङ्गर फेला

विद्यालयमा अजिङ्गर फेला

२०७७, माघ १५ बिहिवार

  • 2.3K
    SHARES

  • विद्यालयमा अजिङ्गर फेला

    माघ १५, राजविराज ।  

    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा वुधवार दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । 

    शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए ।  

    विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए ।

    फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए । 

    २०७७, माघ १५ बिहिवार०७:०५:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार