माघ १५, काठमाडौँ ।
पूर्वसांसद तथा नेपाली कांग्रेस युवा नेता रामहरि खतिवडाले ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिकास्थित बालमन्दिर विद्यालयका ४५ जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरे ।
उनले यो सानो सहयोगले पनि विद्यार्थीलाई जाडोबाट जोगिन सहयोग पुग्ने र पढाइमा हौसला मिल्ने बताए । यहाँ पढ्ने अधिकांश विद्यार्थी आर्थिकरुपमा कमजोर परिवारबाट आएको विद्यालयले जनाएको छ ।
न्यानो कपडा नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला नेता रुद्र अधिकारी र विनोद केसीमार्फत आज उपलब्ध गराएको हो ।