राँगोले हान्दा वृद्धको मृत्यु

राँगोले हान्दा वृद्धको मृत्यु

२०७७, माघ १५ बिहिवार

  • 1.3K
    SHARES

  • राँगोले हान्दा वृद्धको मृत्यु

    माघ १५, महेन्द्रनगर ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।

    गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।  

    “राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भने, 
     “आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।”

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

    २०७७, माघ १५ बिहिवार०७:४६:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार