गण्डकीमा ११७  कोरोना सङ्क्रमित थप

गण्डकीमा ११७  कोरोना सङ्क्रमित थप

२०७७, मंसिर १८ बिहिवार

  • 1.8K
    SHARES

  • गण्डकीमा ११७  कोरोना सङ्क्रमित थप

    मंसिर १८, पोखरा । 

    गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८ वर्षीया महिला र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका– १४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ । 

    वुधवार थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३५ जना छन् । त्यस्तै लमजुङका २५, तनहुँका २३, गोरखाका १७, वाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) र मुस्ताङका एकएक जना रहेको निर्देशनालयले जनाएको छ । 

    २०७७, मंसिर १८ बिहिवार०६:५०:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार