काठमाडौँमा बर्डफ्लु भेटियो

काठमाडौँमा बर्डफ्लु भेटियो

२०७७, माघ १८ आइतवार

  • 1.6K
    SHARES

  • काठमाडौँमा बर्डफ्लु भेटियो

    माघ १८, काठमाडौं । 

    काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । 

    बर्डफ्लु पुष्टि भएसँगै शनिवार नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ ।

    अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको प्रमुख रायले जानकारी दिए । 

    २०७७, माघ १८ आइतवार०८:१२:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार