मंसिर १८, काठमाडौं ।
वशिष्ठ लायन्स क्लवले अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । नवगठित क्लवले महामारीको चुनौतिका बिच सदस्यहरुबिच छलफल काठमाडौंमा सम्पन्न गरेको हो ।
लायन्स ३२५ बी १ डिपार्टमेन्ट अफिसर लायन विश्व भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन जोन चेयर पर्सन ई शुसिल भट्टराईले विशेष आतिथ्यता प्रदान गरेका थिए ।
लायनद्धयले लायनवाद, यसको इतिहास र ओरिन्टेसनका बारेमा जानकारी गराएका थिए । प्रत्येक महिना बस्नुपर्ने क्लवको नियमित बैठक र यसले सामाजिक क्षेत्रमा गर्नसक्ने सेवाका विषयमा विशेष छलफल भएको थियो ।
साथै सदस्यहरुका विशेष प्रतिभा तथा सिर्जनाका बारेमा छलफल गर्नुका साथै अन्य सदस्यहरुको समग्र कल्याणका लागि थप कार्यक्रम अगाडी बढाउने निर्णय गरिएको थियो ।