सपिङ मुकुन्डो डट कम सञ्चालनमा

सपिङ मुकुन्डो डट कम सञ्चालनमा

२०७७, माघ २० मंगलवार

  • 1.9K
    SHARES

  • सपिङ मुकुन्डो डट कम सञ्चालनमा

    माघ २०, काठमाडौँ ।

    ई–कर्मश अनलाइन सपिङ mukundo.com (मुकुन्डो डट कम) आजदेखि सञ्चालनमा आएको छ ।

    अमेरिका र नेपालमा रही विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपाली युवाले शुरू गरेको कम्पनी एमबीएसवाईएस गु्रपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालिले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी कमर्श उक्त अनलाइन सार्वजनिक गरेको हो । 

    ग्राहकलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा इकमर्श ‘मुकुन्डो डट कम’ थपिएको कम्पनीका विजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदुनन्दन भट्टराईले बताए ।

    उनका अनुसार मुकुन्डो डट कममा आधिकारिक र राम्रा गुणस्तरका सामान मात्र पाइने हुदाँ ग्राहकले सामान किनेपछि शतप्रतिशत सन्तुष्ट रहने विश्वास आफूहरुले लिएको जानकारी दिए ।  

    आफूले किनेको सामान हाललाई काठमाडौँ उपत्यकाका ग्राहकले कुनै पनि डेलिभरी चार्ज तिर्नुनपर्ने र यो सेवा निकट भविश्यमा पूरै नेपालभर विस्तार गर्ने उनले बताए ।

    सामान खरिद गर्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने बताइएको छ । यसका साथै इ–सेवा, आइएमइ पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आइपिएसबाट पनि सामान खरिद गर्न सकिने छ ।

    २०७७, माघ २० मंगलवार०७:२४:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार