गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

२०७७, माघ २३ शुक्रवार

  • 1.7K
    SHARES

  • गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

    माघ २३, बागलुङ ।

    बागलुङको निसीखोला गाउँपालिका–४ की ३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि हिजो साँझ हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।

    प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी घर्तीलाई त्यहाँ उपचार सम्भव नभएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको हो ।

    प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मिलन मल्लका अनुसार आठ महिनाकी गर्भवती घर्तीको पाठेघर बाहिर निस्किएको थियो । घर्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।

    गर्भवती र सुत्केरी अवस्थामा जटिल समस्या आउँदा तुरुन्त सुविधासम्पन्न अस्पतालमा पुर्याउन सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गर्दै आएको छ । 

    २०७७, माघ २३ शुक्रवार०७:१४:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार