एक लाख ७१ हजारले लगाए खोप

एक लाख ७१ हजारले लगाए खोप

२०७७, माघ २४ शनिवार

  • 2.3K
    SHARES

  • एक लाख ७१ हजारले लगाए खोप

    माघ २४, काठमाडौँ ।

    कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।  

    उनका अनुसार प्रदेश नं. १ मा २३ हजार ८२ जना, प्रदेश नं. २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।

    यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए । 

    २०७७, माघ २४ शनिवार०७:०८:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार