दुर्घटना न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम

दुर्घटना न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम

२०७७, माघ २४ शनिवार

  • 2.4K
    SHARES

  • दुर्घटना न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम

    माघ २४, ललितपुर । 

    सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   

    महानगरीय ट्राफिक प्रहरी वृत्त जावलाखेल र जावलाखेल युथ क्लवको संयुक्त आयोजनामा प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा बोल्दै बज्राचार्यले भने, "सडक प्रयोगकर्ता र सवारीचालक अनुशासित भई सडक प्रयोग गरेको अवस्थामा सवारी दुर्घटना न्युनीकरण गर्न सकिन्छ । साथै आफुले प्रयोग गरेको सवारीको अवस्था राम्रो हुन जरुरी छ ।" 

    कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, ललितपुर महानगरपालिका वडा न ३ र ४ का अध्यक्ष सहित स्थानिय क्लव, संघसंस्था, टोल सुधार समिति र स्थानिय भद्र भलाद्मीको उपस्थिति रहेको थियो । 

    जनचेतनामूलक कार्यक्रमको अध्यक्षता जावलाखेल युथ क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले गरेका थिए । 
     

    २०७७, माघ २४ शनिवार०८:५७:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार