वशिष्ठद्धारा अभिमुखिकरण तथा वृत्तिविकास कार्यक्रम

वशिष्ठद्धारा अभिमुखिकरण तथा वृत्तिविकास कार्यक्रम

२०७७, माघ २४ शनिवार

  • 3.3K
    SHARES

  • वशिष्ठद्धारा अभिमुखिकरण तथा वृत्तिविकास कार्यक्रम

    माघ २४, काठमाडौं । 

    लायन्स क्लव अफ काठमाडौं वशिष्ठले सदस्यहरुका लागि अभिमुखिकरण तथा वृत्तिविकास कार्यक्रम सम्पन्न गरेको छ । 

    पाष्ट गभर्नर लायन गौतममान श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सिनियर लायन्स मणिरत्न श्री बज्राचार्य, विश्व भट्टराई, ई.शुसिल भट्टराई, श्याम प्रसाद अधिकारी, झलेन्द्र भट्टराई, भुपाल चिमरिया लगाएत उपस्थित रहेका थिए । 

    लायन मणि रत्न श्री बज्राचार्यले लायन्स क्लव अन्तरराष्ट्रियको स्थापना काल देखि हाल सम्मको १०४ वर्षको जीवनकालमा गरेका कामहरु, यसको इतिहास, यसको प्रशासनिक प्रक्रिया लगाएतका बारेमा पावर प्वाइन्ट मार्फत प्रकाश पारे ।  

    l2.jpg

    कार्यक्रम शुरुवात गर्दा बजाइने घण्टीको लय देखि अन्तिम सम्म पुर्याइनु पर्ने प्रक्रियाका बारेमा लायन गौतममान श्रेष्ठले जानकारी गराउँदा सबै मन्त्रमुग्ध देखिएका थिए ।

    सिनियर लायनहरु विश्व भट्टराई, ई.शुसिल भट्टराई र श्याम प्रसाद अधिकारीले शुभकामना मन्तव्य सहित लायनिजमका बारेमा थप ज्ञानवर्द्धक खुराकहरु पस्केका थिए ।  

    चार्टर प्रेसिडेन्ट जेपी भट्टराईको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन चार्टर सचिव अजित भट्टराईले गरेका थिए । 

    २०७७, माघ २४ शनिवार१०:०८:५५

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार