भट्टराई कुलवंश प्रतिष्ठान​ दोल​खा जिल्ला समिति गठन

भट्टराई कुलवंश प्रतिष्ठान​ दोल​खा जिल्ला समिति गठन

२०७७, माघ २५ आइतवार

  • 2.9K
    SHARES

  • भट्टराई कुलवंश प्रतिष्ठान​ दोल​खा जिल्ला समिति गठन

    माघ २५, काठमाडौँ ।

    भट्टराई कुलवंश प्रतिष्ठान​ वागमती प्रदेशले दोल​खा जिल्ला समिति गठन गरेको छ । 

    दोलखाबाट काठमाडौं आई बसोबास गर्ने राज कुमार भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको कुलवंश प्रतिष्ठानका सुचना प्रमुख अजित कुमार भट्टराईले जानकारी दिए । 

    कार्यक्रमको अध्यक्षता भट्टराई कुलवंश प्रतिष्ठान बागमती प्रदेशका कार्यवाहक अध्यक्ष श्री नारायण प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख अतिथि कुल वंश प्रतिष्ठानका केन्द्रीय सदस्य श्री राजेश कुमार भट्टराई थिए ।

    बन्धु भेलामा बागमती प्रदेशका सचिव पुष्पराज भट्टराई, सहसचिव जय प्रसाद भट्टराई, सदस्यहरु सुरज भट्टराई, अग्नि भट्टराई, जीवन भट्टराई लगाएतको उपस्थिति रहेको थियो । 

    बागमती प्रदेश भट्टराई कुलवंश प्रतिष्ठान अन्तर्गतका १३ वटा जिल्लाहरुमध्ये छैठौ जिल्ला समिती गठन भएको छ । बाँकी रहेका जिल्लाहरु पनि छिट्टै गठन गर्ने प्रक्रियामा रहेको प्रदेशका कार्यवाहक अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी गराए । 

    कुलवंश प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते हुनेछ भने केन्द्रीय महाधिवेशन चैत्र २० र २१ गते पोखरामा हुने पनि बताइएको छ । 
     

    २०७७, माघ २५ आइतवार१०:५२:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार