बाढीका कारण २४ को मृत्यु

बाढीका कारण २४ को मृत्यु

२०७७, माघ २७ मंगलवार

  • 1.8K
    SHARES

  • बाढीका कारण २४ को मृत्यु

    माघ २७, रबात ।

    अत्यधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ ।

    देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

    घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

    उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ । -एजेन्सी 

    २०७७, माघ २७ मंगलवार०८:२८:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार