महाकाली नदीमा फसेका मलामीको उद्धार

महाकाली नदीमा फसेका मलामीको उद्धार

२०७७, माघ २८ बुधवार

  • 2.5K
    SHARES

  • महाकाली नदीमा फसेका मलामीको उद्धार

    माघ २८, कञ्चनपुर ।

    भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको आज उद्धार गरिएको छ ।

    भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्य्त् गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए । 

    नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

    भारतले बिना पूर्वसूचना विद्य्त् गृहको पानी छाडेको बताइएको छ । 

    २०७७, माघ २८ बुधवार०७:४१:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार