मोटर साइकल चोरी गर्ने चार पक्राउ

मोटर साइकल चोरी गर्ने चार पक्राउ

२०७७, फाल्गुण २ आइतवार

  • 3.4K
    SHARES

  • मोटर साइकल चोरी गर्ने चार पक्राउ

    फागुन २, काठमाडौँ ।

    ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो । 

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए । “भक्तपुरका सुशन थापामगर र रामेछापका हिराकाजी श्रेष्ठको चोरी भएको मोटरसाइकल चोरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौँ”,  उनले भने ।  

    महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालू आवमा महाशाखाले उपत्यकामा हराएका १९६ मोटर साइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

    महाशाखाले चालू आवमा उपत्यकामा मोटर साइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाई सकेको छ ।

    २०७७, फाल्गुण २ आइतवार०७:३०:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार