अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

२०७७, फाल्गुण ३ सोमवार

  • 1.2K
    SHARES

  • अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

    फागुन ३, ब्युनस आयर्स ।  

    दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । 

    स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनर्स आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

    श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।  

    राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेको बताएका छन् ।- एजेन्सी । 

    २०७७, फाल्गुण ३ सोमवार०१:५८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार