ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

२०७७, फाल्गुण ४ मंगलवार

  • 1.5K
    SHARES

  • ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

    फागुन ४, लण्डन । 

    ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमाबेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेका बेलायती सञ्चार माध्यमहरूले बताएका छन् ।

    उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् ।  

    एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताइएको छ ।  

    “आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तान आर्ची गत मे मा एक बर्ष पुरा भएका छन् ।   

    बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । 

    ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८ को मे महिनामा उनीहरुको विवाह भएको हो । -एजेन्सी ।  

    २०७७, फाल्गुण ४ मंगलवार०७:३४:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार