फागुन ५, चितवन ।
भट्टराई कुल वंश प्रतिष्ठान चितवन जिल्ला आयोजक समिति गठन भएको छ ।
मंगलवार दिउँसो सम्पन्न भेलाले टीकाराम भट्टराईको अध्यक्षतामा जिल्ला समिति गठन गर्ने गरि आयोजक समिति निर्माण गरेको हो ।
नव निर्मित आयोजक समितिले फागुन २० भित्र जिल्ला समिति गठन गरिसक्ने पनि जनाइएको छ ।
वागमती प्रदेश कार्यवाहक अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा चलेको कार्यक्रममा वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव चन्द्र प्रसाद भट्टराई, कोषाध्यक्ष मनोज कुमार भट्टराई, सदस्यहरु राजेश कुमार भट्टराई र युवराज भट्टराई, वागमती प्रदेशका सचिव पुष्पराज भट्टराई, सहसचिव जयप्रसाद भट्टराई, कोषाध्यक्ष कृष्ण कुमार भट्टराई, सूचना अधिकारी अजित कुमार भट्टराई, सदस्य सुरज भट्टराई र अग्नी भट्टराई लगाएत चितवन जिल्लाका भट्टराईहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
वंश प्रतिष्ठानको केन्द्रीय महाधिवेशन आउँदो चैत्र २०-२१ गते पोखरामा हुँदैछ ।