स्वदेशी वस्तुहरुको अनलाइन मेला सुरु, यसरी हुनुुहोस् सहभागी

स्वदेशी वस्तुहरुको अनलाइन मेला सुरु, यसरी हुनुुहोस् सहभागी

२०७७, फाल्गुण ५ बुधवार

  • 1.9K
    SHARES

  • स्वदेशी वस्तुहरुको अनलाइन मेला सुरु, यसरी हुनुुहोस् सहभागी

    फागुन ५, काठमाडौं ।

    नेपालमै उत्पादित बस्तु तथा सामग्रीहरुको ब्रान्डलाई प्रवद्र्धन तथा बजारीकरण गर्न शनिबारदेखि ‘मेड इन नेपाल’ अनलाइन मेला सुरु भएको छ । ‘आफ्नै लाऔं, आफ्नै खाऔं, आफ्नो देश आफैंं बनाऔं’ भन्ने नारा लिएर ईकमर्श कम्पनी ‘अर्डर नाउ’ ले यो अनलाइन मेलाको आयोजना गरेको हो । 

    कोभिडका कारण धरासायी बनेको स्वदेशी उद्योगधन्दा र व्यापारलाई डिजिटल माध्यमबाट टिकाउन सकिन्छ भन्ने उद्देश्यले  सञ्चालित यो मेलामा स्वेदेशमा उत्पादित वस्तुहरुको मात्र अनलाइन प्रदर्शन गरिने ‘अर्डर नाउ’ का संस्थापक मनोज पन्थीले बताए ।  

    ‘नेपाली  उत्पादन  पनि  गुणस्तरीय छ तर विश्वासनीयताको कमी हुँदा हाम्रा उत्पादनहरु ओझेलमा परेका छन् । यिनको डिजिटल प्रविधिबाट प्रचारप्रसार गर्न सके बजारमा माग बढेर जाने  निश्चित छ ’ उनले भने ।  

    ई -मेलामा उपत्यकाभित्र र बाहिरका घरेलु उत्पादित सबै किसिमका उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, महिला उद्यमी तथा स्थानीय उद्योगहरुको उत्पादन, नेपाली हस्तकला तथा नेपाली लत्ताकपडाहरु राखिएका छन्  । 

    आजसम्म मेलामा ५० भन्दा धेरै उद्यमी तथा उनीहरुको वस्तु सामग्री जोडिएका छन्  । सो मेला हाल अर्डर नाउको वेबसाइट ‘अडर नाउ डटकम डट एनपी’ र फेसबुक पेजमार्फत प्रदर्शन भइरहेको छ । वेबसाइटको ‘मेड इन नेपाल’ कोलमभित्र गएर अनलाइन मेला हेर्न सकिन्छ । 

    समय र समाज प्रविधितर्फ ढल्किसकेकाले डिजिटल माध्यमबाट सेल, अर्डर र इन्क्वाइरी बढी हुने भएकाले आफुहरु अनलाइन मेलामा आएको उद्यमी कविता भण्डारीले बताए ।  

    कविता भण्डारी मात्र होइन पञ्च तामाको पनि भनाइ उस्तै थियो । समयअनुसार चल्नै पर्यो । ‘कोभिडका कारण बन्द अवस्थामा पुगेको मेरो व्यापार आज अनलाइनकै कारण बचाइरहेको छु ’ उनको भनाइ थियो ।

    उक्त मेलामा ५० भन्दा धेरै उद्यमी तथा उनीहरुको उत्पादनलाई जोड्ने मेलाको लक्ष्य रहेको आयोजक संस्था अर्डर नाउले बताएको छ । अहिले पनि थप १५ संस्थाहरुलाई जोड्ने प्रक्रिया अघि बढिरहेको पन्थीले बताए । 

    मेलामा जोडिन आएका उद्यमीहरुको वेबसाइटमा प्रोफाइल निमार्ण गरिदिनुका साथै अनलाइन प्लेटफर्म प्रयोग तथा स्टक क्लियरेन्स सम्बन्धी डिजिटल ज्ञानसमेत प्रदान गरेको संस्थापक पन्थीले बताए । 

    अर्डर गरेको सामान दुई तीन दिनभित्र फ्रि डेलिभरी गर्न सकिने ‘अर्डर नाउ’ का बजार प्रबन्धक विजय प्रसाईँले जानकारी दिए । 

    मेला मार्फत उपभोक्ताले आफूलाई मनपरेको सेवा तथा वस्तुहरु किनबेचसमेत गर्न सक्ने कम्पनीले बताएको छ । 

    ३० लाख अनलाइन युजरमा पुग्ने लक्ष्यका साथ फागुन १ गतेबाट सुरु भएको यो मेला चैत्र १ गतेसम्म चल्ने आयोजकले जानकारी गराएका छन् ।

    २०७७, फाल्गुण ५ बुधवार१२:०६:४०

    पुष्पराज भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार