सन्दीप आइपीएलको छनोटमा असफल

सन्दीप आइपीएलको छनोटमा असफल

२०७७, फाल्गुण ७ शुक्रवार

  • 1.1K
    SHARES

  • सन्दीप आइपीएलको छनोटमा असफल

    फागुन ७, काठमाडौं ।

    सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । भारतको चेन्नईमा आइपीएलको विहिवार भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । 

    आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए ।

    उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहेका लामिछानेलाई फुकुवा गरेपछि उनी यस पटक अक्सनमा सहभागी भएका हुन् ।  

    सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए ।

    तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । 

    २०७७, फाल्गुण ७ शुक्रवार०६:५९:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार