‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी

‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी

२०७७, फाल्गुण ११ मंगलवार

  • 3.0K
    SHARES

  • ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी

    फागुन ११, काठमाडौँ ।

    शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लब विजयी भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा नयाँबस्तीले मध्यपुर युथ एशोसिएशनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नयाँबस्तीका लागि सचु गुरुङ र अवय धिमालले एक एक गोल गरेका हुन् । गुरुङले खेलको आठौँ मिनेटमा गोल गरेका थिए  ।

    यस्तै धिमालले खेलको ७९औँ मिनेटमा गोल गरेका हुन् । यसैगरी मध्यपुरका लागि सान्त्वना गोल खेलको ५७औँ मिनेटमा भूपालसिंह गुरुङले गरेका हुन । 

    कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुने छ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।

    २०७७, फाल्गुण ११ मंगलवार०६:१८:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार