भूमिहीनका पक्षमा काम गर्न अध्यक्ष ज्ञवालीको आग्रह

भूमिहीनका पक्षमा काम गर्न अध्यक्ष ज्ञवालीको आग्रह

२०७७, फाल्गुण १५ शनिवार

  • 1.3K
    SHARES

  • भूमिहीनका पक्षमा काम गर्न अध्यक्ष ज्ञवालीको आग्रह

    फागुन १५, नुवाकोट ।

    भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई जग्गाबिहीनका पक्षमा निष्पक्षरुपमा काम गर्न आग्रह गर्नुभएको छ । 

    आयोगको जिल्ला समितिको कार्यालय आज उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले वास्तविक भूमिहीनको पहिचान गरी काम गरेर पुण्य कमाउन आग्रह गर्नुभएको हो ।

    उहाँले जग्गासम्बन्धी धेरै समस्या रहेकोले काम गर्न त्यति सहज नभए पनि अहिले कानून, नियमावली र कार्यविधि बनाएर सरकारले आयोग स्थापना गरेकोले निर्धक्क भएर काम गर्नुपर्ने बताउनुभयो । 
     
    उहाँले जिल्लामा स्थानीय प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, स्थानीय तहसँग सहकार्य गरेर वास्तविक भूमिहीन तथा भूमि भएर भूमिहीन भएकाको विवरण सङ्कलन गरी पूर्जा वितरणको वातावरण बनाउन आग्रह गर्नुभयो । 

    जिल्ला समितिका अध्यक्ष विन्दा ढुङ्गानाले जिल्लाका १२ वटा स्थानीयतहमध्ये १० वटासँग सम्झौता भइसकेको जानकारी दिनुभयो । 

    २०७७, फाल्गुण १५ शनिवार०७:१३:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार