गैँडाको आक्रमणबाट एक घाइते

गैँडाको आक्रमणबाट एक घाइते

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.7K
    SHARES

  • गैँडाको आक्रमणबाट एक घाइते

    फागुन २१, चितवन ।  

    पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

    २०७७, फाल्गुण २१ शुक्रवार०२:३४:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार