बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर माथि

बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर माथि

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.2K
    SHARES

  • बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर माथि

    संसारकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः उकालिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढोत्तरी हुँदा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट पुग्यो । अघिल्लो दिनको तुलनामा बिटक्वाइनको मूल्य २ हजार ४२६ डलर २३ सेन्टले बढेको हो ।

    गत जनवरी ४ मा २७ हजार ७३४ डलर रहेको बिटक्वाइनको मूल्य त्यसयता ८३.७ प्रतिशतले बढेको छ ।

    गएको फेब्रुअरी २१ मा बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् ५८ हजार ३५४ डलर १४ सेन्ट पुगेको थियो । त्यसपछि भने मूल्यमा गिरावट आएको थियो ।

    टेस्ला तथा माइक्रोस्ट्राटेजी लगायतका कम्पनीले बिटक्वाइनमा अर्बौँ डलर लगानी गरेसँगै बिटक्वाइनको मूल्य आकासिएको हो । साथै बिएनवाइ मेलन, ब्लाक रक तथा मास्टरकाडलगायतका कम्पनीहरुका कारण पनि बिटक्वाइनको लोकप्रियता ह्वात्तै बढ्यो ।

    बिटक्वाइन मात्र नभै इथेरियम ब्लकचेन नेटवर्कसँग आबद्ध अर्को क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि बुधबार ७.१८ प्रतिशतले वृद्धि भई १५९५ डलर नाघेको छ ।

    -रोयटर्सबाट

    २०७७, फाल्गुण २१ शुक्रवार०५:५६:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार