युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

२०७७, फाल्गुण २५ मंगलवार

  • 1.6K
    SHARES

  • युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

    बर्लिन । युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् ।  

    युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए । 

    खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए ।  

    प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उनको भनाइ छ । 

    युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । 

    मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए ।  

    युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् । -एजेन्सी ।  

    २०७७, फाल्गुण २५ मंगलवार०७:१६:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार