कम्बोडियाका सबै खेल गतिविधि बन्द

कम्बोडियाका सबै खेल गतिविधि बन्द

२०७७, फाल्गुण २५ मंगलवार

  • 1.2K
    SHARES

  • कम्बोडियाका सबै खेल गतिविधि बन्द

    न्होम पेन । कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ । 

    समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् । 

    कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको छ । 

    “पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ,” शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

    राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुँदका गतिविधिहरु नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ । 

    जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

    दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनी लगायतका क्षेत्र समेत बन्द गरिएको छ ।  

    त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।- एजेन्सी । 

    २०७७, फाल्गुण २५ मंगलवार०७:१८:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार