सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

२०७७, फाल्गुण २६ बुधवार

  • 1.7K
    SHARES

  • सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

    जुम्ला । नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो ।  

    दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो ।

    चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया तथा ४० वर्ष मुनिको नौ किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृत्तीय अङ्गद धामी भए ।  

    प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु पाँच हजार र रु तीन हजार तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको गणपति दिवाकर रायमाझीले बताए । 

    साथै विश्व कीर्तिमान कायम गरेका पृथक धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिनाका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ ।  

    २०७७, फाल्गुण २६ बुधवार०२:५२:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार