आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

२०७७, फाल्गुण २७ बिहिवार

  • 1.2K
    SHARES

  • आइभरी कोस्टका प्रधानमन्त्री हामेदको निधन

    बर्लिन । पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ ।

    अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद रोगको उपचार गराइरहनु भएका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको र यसबाट मुलुक शोकमा डुबेको बताएका छन् ।  

    उनले ५६ वर्षीय प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गरेका र युवाका लागि मोडेल नै रहेको बताउँदै हामेदको निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकामा दुःख प्रकट गरेका छन् ।- एजेन्सी ।  

    २०७७, फाल्गुण २७ बिहिवार०३:३६:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार