स्पेनिस जायन्ट वार्सिलोना स्तव्ध

स्पेनिस जायन्ट वार्सिलोना स्तव्ध

२०७७, मंसिर २१ आइतवार

  • 6.1K
    SHARES

  • स्पेनिस जायन्ट वार्सिलोना स्तव्ध

    मंसिर २१, म्याड्रिड । 

    क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा स्तब्ध बनेको छ । बार्सिलोना नव प्रवेशी क्याडिजसँग २–१ ले स्तब्ध बनेको हो ।

    बार्सिलोनालाई स्तब्ध बनाउन क्याडिजका अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । क्याडिजले यसअघि पनि रियल म्याड्रिडलाई पनि १–० ले स्तब्ध पारेको थियो ।

    घरेलु मैदानमा शनिबार राति भएको खेलमा क्याडिजले खेलको नवौं मिनेटमा अल्भारो जिमिनेजको गोलबाट अग्रता लिएको थियो ।

    कप्तान जोन्सनको कर्नरमा पेरेयाको फ्लिक हेडरलाई बार्सिलोनका डिफेन्डर मिग्वेजाको लो हेडरलाई आत्मघाती गोलतर्फ अघि बढ्दा गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउने प्रयास गरेपनि जिमिनेजले जाली चुमाएका थिए ।

    जिमिनेजको गोललाई भिएआर मार्फत दुईपटक चेक गरेपनि उनको गोलले मान्यता पाउन सफल भएको थियो । १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा सर्जिनो डेस्टको लो क्रस बललाई एन्टोइन ग्रिजमनले भेट्टाउन नसक्दा बार्सिलोना बराबरीबाट चुक्यो ।

    १७औं मिनेटमा मेस्सी र मार्टिन ब्रेथवेटका समन्वयमा बनेको मुभमा गोलरक्षक लिडेस्मा बाधक बने । २६औं मिनेटमा मेस्सीको प्रहारलाई गोलरक्षक लिडेस्माले विफल तुल्याए ।

    ५०औं मिनेटमा पेड्री र ब्रेथवेटको समन्वयमा मेस्सीको प्रहारलाई गोलरक्षक लिडेस्मा नै बाधक बन्दा क्याडिजले अग्रता जोगाइराख्न सफल भयो ।

    ५७औं मिनेटमा पेड्रो एलकालाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । मेस्सीको पासमा जोर्डी अल्वाको क्रस एलकालाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

    ६३औं मिनेटमा क्लेमेन्ट लेङलेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तीमा अल्भारो नेग्रेडोले गोल गर्दै क्याडिजले पुनः २–१ को अग्रता लिन सफल भयो ।

    अल्वाको थ्रु पासलाई लेङलेटले नियन्त्रणमा लिन नसक्दा स्टेगनले अघि बढ्दै क्लियर गरेपनि नेग्रेडोलाई लागे पछि उनले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

    ६६औं मिनेटमा कप्तान मेस्सीको करिव २५ यार्ड टाढाको प्रहार क्रसबारबाट थोरै बाहिरिदा बार्सिलोना बराबरीबाट चुक्यो ।

    ७३औं मिनेटमा सर्जियो बुस्क्वेट्सको पासमा सर्जिनो डेस्ट गोल गर्नबाट चुके । ८२औं मिनेटमा नेग्रेडोको प्रहारलाई टेर स्टेगनले बचाए ।

    ८४औं मिनेटमा औसमाने डेम्वेलेको क्रसलाई फाली क्लियर गर्न नसक्दा ग्रिजमनले गरेको प्रहारलाई लेडेस्माले बचाए । ८६औं मिनेटमा मेस्सीकै प्रहारलाई ब्लक गर्दै बार्सिलोनालाई निराश पारे ।

    यो जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लदा बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।

    बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १२ अंकले पछि परिसकेको छ । एट्लेटिकोको १० खेलबाट २६ अंक पुगेको छ ।- एजेन्सी । 

    २०७७, मंसिर २१ आइतवार०८:०५:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार