काठमाडौँ । भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेशको प्रथम अधिवेशन भोलि फागुन २९ गते शनिवार हुने भएको छ ।
आज प्रदेश कार्यवाहक अध्यक्ष नारायण प्रसाद भट्टराईले प्रेस नोट जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।
प्रा.डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न हुने अधिवेशन बिहान ११ बजे शुरु हुने विज्ञप्तिमा जनाइएको छ ।
अधिवेशनले ३ वर्षे कार्यकालका लागि ७१ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ ।
वि.सं २०५० सालमा स्थापना भएको प्रतिष्ठान ७ प्रदेशमै गठन भइसकेको छ भने बर्मा, थाइल्याण्ड, बंगलादेश लगायतमा राज्यसमितिका रुपमा प्रतिष्ठानले कार्य गर्दै गरेका कावा अध्यक्ष नारायण प्रसाद भट्टराईले जनाए ।
