बुट क्याम्प सम्पन्न

बुट क्याम्प सम्पन्न

२०७७, फाल्गुण २९ शनिवार

  • 2.1K
    SHARES

  • बुट क्याम्प सम्पन्न

    काठमाडौं । सूचना प्रविधिका विद्यार्थीका लागि बुट क्याम्प कार्यक्रम सम्पन्न भएको छ । 

    न्यु समिट कलेज र वर्ड प्रेस नेपालको संयुक्त आयोजनामा विसिए दोश्रो र चौथो तहका विद्यार्थीलाई लाभान्वित हुने गरि गएको हप्ता एकदिवसिय बुट क्याम्प सम्पन्न भएको हो । 

    प्रविधिको अध्ययनका लागि क्याम्पसले दिएको सैद्धान्तिक कक्षाले मात्र नपुगेर क्याम्प मार्फत थप लाभान्वित बनाइएको निर्देशक चोकराज दवाडीले बताए ।

    वर्ड प्रेस कसरी चलाउने, वर्ड प्रेसमा के के काम गर्न सकिन्छ, वर्ड प्रेसबाट कसरी करियर सुरक्षित गर्न सकिन्छ लगायतका सुचना प्रविथि सम्बन्धि सिप सिकाउनु नै कार्यक्रमको उद्धेश्य रहेको वर्ड प्रेस डेभ्लपर रेगन खड्गीले जनाए । 

    It4.JPG

    सैद्धान्तिक अध्ययनलाई व्यवहारिक जिवनमा उतार्नु नै कार्यक्रमको लक्ष्य रहेको क्याम्पस प्रमुख डा शिवदत्त ज्ञवालीको भनाई थियो ।

    "२१ औं शताव्दी सूचना प्रविधिको समय भएकाले विश्वविद्यालय पाठ्यक्रमले मात्र विद्यार्थीलाई पुग्दैन । व्यवहारिक सिप बढाउन जरुरी छ," निर्देशक दवाडीले भने । 

    शिक्षा मन्त्रालय, राष्ट्रिय युवा परिषद, गरिवी निवारण कोष लगायतका संस्थासँग सहकार्य गर्दै अगाडि बढिरहेको पनि दवाडीले बताए । 

    प्रविधिका विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रव्यापी टेक इभेन्ट (टेक्ट्रीक्स ह्याकाथुन) लगायतका तालिम निरन्तर रुपमा संचालन हुँदै आएको विद्यार्थी सुशान्त घिमिरेले बताए । यस्ता कार्यक्रमले आफुलाई महत्वपूर्ण आत्मविश्वास थपेको अर्का विद्यार्थी राजिव गुरुंगको भनाई थियो । 

    २०७७, फाल्गुण २९ शनिवार०८:१८:११

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार