नारायण भट्टराईलाई अध्यक्ष बनाउॅदै प्रतिष्ठान वागमती प्रदेश समिति अधिवेशन सम्पन्न 

नारायण भट्टराईलाई अध्यक्ष बनाउॅदै प्रतिष्ठान वागमती प्रदेश समिति अधिवेशन सम्पन्न 

२०७७, फाल्गुण २९ शनिवार

  • 5.7K
    SHARES

  • नारायण भट्टराईलाई अध्यक्ष बनाउॅदै प्रतिष्ठान वागमती प्रदेश समिति अधिवेशन सम्पन्न 


    काठमाडौँ । भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

    प्रा डा माधव भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनले नारायण प्रसाद भट्टराईको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    त्यसै गरि उपाध्यक्षमा कृष्ण कुमार भट्टराई, उपाध्यक्ष लिलादेवी भट्टराई (महिला), सचिव सुरज भट्टराई, सहसचिव जय प्रसाद भट्टराई, कोषाध्यक्ष ज्ञान प्रसाद भट्टराई एवं सदस्यहरुमा अजित कुमार भट्टराई, शेषराज भट्टराई, कृष्ण प्रसाद भट्टराई, जीवन भट्टराई, रुद्र भट्टराई, अग्नी प्रसाद भट्टराई, डम्बर भट्टराई, रमेश कुमार भट्टराई, केशव कुमार भट्टराई लगाएत रहेका छन् । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

    bhattarai2.jpg

    २०७५ साल असोज ६ गते गठन भएको तदर्थ समितिले ४ लाख ७४ हजार ४ सय ५ आम्दानी गरेको र ४ लाख ६१ हजार ८ सय खर्च भइ १२ हजार ६ सय ५ बचत रहेको निवर्तमान कोषाध्यक्ष कृष्ण कुमार भट्टराईले जनाए ।

    अधिवेशनले वंशावली दर्पणलाई डिजिटल एप्समा लैजाने र प्रदेश प्रतिष्ठानको आफ्नो नाममा जग्गा खरिदको प्रकिया अगाडी बढाउन समेत अनुमति प्रदान गरेको नवनिर्वाचित अध्यक्ष नारायण भट्टराईले बताए ।

    २०७७, फाल्गुण २९ शनिवार०६:३८:४६

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार