राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फिर्ता

राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फिर्ता

२०७७, चैत्र ४ बुधवार

  • 1.3K
    SHARES

  • राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फिर्ता

    लण्डन । बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किएका राजदरबार स्रोतले बताएको छ ।

    करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिप राजधानी लण्डनस्थित किङ एडवर्ड अस्पतालमा गत फेब्रुअरी १६ मा भर्ना भएका थिए । 

    उपचारकै क्रममा उनलाई मुटुसम्बन्धी समस्या पनि देखिएको भन्दै अर्को एक अस्पतालमा सारी उपचार भइरहेको थियो । आफ्नो जीवनकै सम्भवतः लामो अस्पताल बसाईपछि उनलाई घर फर्काइएको हो ।

    राजकुमार फिलिपको स्वास्थ्य समस्याबारे बिस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन । राजदरबार स्रोतले फिलिपलाई कोरोनाभाइरससँग सम्बन्धित कुनै समस्या नरहेको बताएको छ ।- एजेन्सी ।  

    २०७७, चैत्र ४ बुधवार०७:१५:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार