मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

२०७७, चैत्र ४ बुधवार

  • 1.9K
    SHARES

  • मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

    मड्रिड । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी- लिओनेल मेसी सफल भएका छन् ।  

    बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन् । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए ।  

    बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ ।

    समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ । रिेयल मड्रिड भने ५७ अङ्कमाा सीमित रहेको छ ।

    सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिश लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल भएका छन् ।- एजेन्सी । 

    २०७७, चैत्र ४ बुधवार०७:२१:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार