काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था जोडेर भुलवश श्रद्धाञ्जली प्रकट भएकोमा युवासंघ नेपालका केन्द्रीय अध्यक्ष बचन बहादुर सिंहले माफी मागेका छन् ।
केहि प्रतिष्ठित व्यक्तित्वहरुले पनि सो सम्बन्धमा सन्देश पोस्ट गरेकाले आफुले पनि पोस्ट गरेको सिंहले बताएका छन् । तर यस सम्बन्धमा संका लागि अस्पतालमा बुझ्दा उपचार जारिरहेको जानकारी प्राप्त भए पछि तत्कालै सच्याएको पनि उनको भनाई छ ।
अघोषित "साइवर सेना प्रमुख" समेत रहेका सिंहले मानवीय संवेदनाको कुरा भएकाले यसलाई सामाजिक सञ्जालको दुरुपयोग भन्न नमिल्ने तर सत्य समाचारको अभाव भने खट्किएको जनाए ।