नेपालमा मतदाता एक करोड ६२ लाख 

नेपालमा मतदाता एक करोड ६२ लाख 

२०७७, चैत्र ५ बिहिवार

  • 3.0K
    SHARES

  • नेपालमा मतदाता एक करोड ६२ लाख 

    काठमाडौं । पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ ।

    गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
      
    मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ । 
     
    मतदाता नामावली ऐनमा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थाअनुसार गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो ।

    आयोगका अनुसार स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य अब बिहीबारदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुनेछ ।

    २०७७, चैत्र ५ बिहिवार०७:१७:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार