नवनिर्मित प्रसूति केन्द्र हस्तान्तरण

नवनिर्मित प्रसूति केन्द्र हस्तान्तरण

२०७७, चैत्र ५ बिहिवार

  • 1.2K
    SHARES

  • नवनिर्मित प्रसूति केन्द्र हस्तान्तरण

    मकवानपुर । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका–८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन् । 
     
    सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रसूति केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै प्रधानसेनापति थापाले संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षणका लागि सरकारले लिएका पहलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
      
    उनले भने, “इतिहासका हरेक कालखण्डमा नेपाल र नेपालीको हित र स्वार्थका लागि सेना समर्पित रहँदै आएको छ ।” यसअघि उक्त नवनिर्मित केन्द्रको प्रधानसेनापति थापाले उद्घाटन गरेका थिए ।

    मातृशिशु मृत्युदर अधिक रहेको मकवानपुरको कैलाश गाउँपालिका पहिचान गरी ‘सुरक्षित प्रसूति स् सुन्दर सृष्टि’ भन्ने नाराका साथ उक्त केन्द्र निर्माण भएको सो अवसरमा जानकारी दिइयो । सो अवसरमा स्थानीय विपन्न घरपरिवारलाई राहतस्वरुप ५०० थान मण्डिसमेत वितरण गरिएको थियो ।

    २०७७, चैत्र ५ बिहिवार०९:०६:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार