नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा

२०७७, चैत्र ५ बिहिवार

  • 2.7K
    SHARES

  • नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा

    झापा । पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम  भएको छ ।

    पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

    सोही अक्षयकोषका लागि आज  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु ५१ हजार १०१ प्रदान गरेका छन् ।

    उनीहरु दुवैले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनीहरुले महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको बताए ।

    संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए ।

    संस्थाले पाँच वर्षमा रु २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो ।

    २०७७, चैत्र ५ बिहिवार०४:०१:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार