क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

२०७७, मंसिर २२ सोमवार

  • 1.9K
    SHARES

  • क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

    मंसिर २२, क्यानवेरा ।

    ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ । 

    जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो । 

    हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमूनाहरू सङ्कलन गरेको थियो ।

    प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्टे«लियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको जापानी वैज्ञानिकले बताएका छन् । 

    चट्टानको अवतरणपछि उक्त स्थानको खोजी हेलिकप्टरबाट गरिएको थियो । जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ ।- एजेन्सी ।  

    २०७७, मंसिर २२ सोमवार०७:०१:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार