बम निष्क्रिय

बम निष्क्रिय

२०७७, चैत्र ९ सोमवार

  • 1.7K
    SHARES

  • बम निष्क्रिय

    भजनी । कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

    नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो ।

    आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले जानकारी दिए । बिहान १० बजे बम निष्क्रिय भएपछि उक्त सडकमा आवागमन नियमित भएको छ ।

    २०७७, चैत्र ९ सोमवार१२:१७:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार