भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

२०७७, चैत्र १० मंगलवार

  • 2.1K
    SHARES

  • भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

    मकवानपुर । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ । 

    भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

    वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए । 

    २०७७, चैत्र १० मंगलवार०५:५०:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार