अस्ताए वामवुद्धिजिवी उपाध्याय, भोलि दाहसंस्कार गरिँदै

अस्ताए वामवुद्धिजिवी उपाध्याय, भोलि दाहसंस्कार गरिँदै

२०७७, चैत्र १३ शुक्रवार

  • 2.0K
    SHARES

  • अस्ताए वामवुद्धिजिवी उपाध्याय, भोलि दाहसंस्कार गरिँदै

    काठमाडौं । वामपन्थी वुद्धिजिवी माधव प्रसाद उपाध्याय न्यौपानेको निधन भएको छ ।

    छ वर्ष अघि देखि पार्किन्सनका बिरामी समेत रहेका उपाध्यायको चैत्र ११ गते बिहान नयाँ बानेश्वर स्थित निजी निवासमै निधन भएको हो । उनी पछिल्लो अढाई वर्ष ओछ्यानमै रहेर उपचाररत थिए । 

    वि.सं २००० सालमा जन्म भई विधार्थी हुँदा वामपन्थीमा गहिरो झुकाव राख्ने उपाध्याय रसायन शास्त्र अध्ययनका लागि चेकोस्लोभाकिया सम्म पुगेका थिए ।

    वि.सं.२०३७ देखि २०६५ सम्म त्रिचन्द्र कलेजमा प्राध्यापन गरेका उपाध्यायले २०६५ मै क्याम्पस प्रमुखबाट स्वेच्छिक अवकास लिएका थिए ।

    उपाध्याय इतिहास, भुगोल, राजनीति, धर्मशास्त्र समेतका ज्ञाता मानिन्थे । पद, पैसा र सम्पत्तिको रत्तिभर लोभ नभएका शान्त र अत्यन्तै सरल स्वभावका प्राङ्गारिक बुद्दिजिवीका रुपमा उनले आफुलाई दर्ज गरेका थिए, उनका समकक्षी बताउँछन् ।

    उनकी धर्मपत्नि विद्या न्यौपाने बालसंगठनकी अध्यक्ष तथा नेकपा (एमाले) नेतृ हुन् । उनका एक छोरी र ३ छोरा रहेका छन् ।

    विदेशमा अध्ययनरत रहेका छोराहरु आज राती मात्र आइपुग्ने भएकाले उनको अन्तिम संस्कार भोलि चैत्र १४ गते शनिवार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक श्रोतले बतायो ।

    २०७७, चैत्र १३ शुक्रवार१०:१२:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार