कांग्रेस नेता नविन्द्रराज जोशीको निधन

कांग्रेस नेता नविन्द्रराज जोशीको निधन

२०७७, चैत्र १३ शुक्रवार

  • 1.9K
    SHARES

  • कांग्रेस नेता नविन्द्रराज जोशीको निधन

    काठमाडौं । नेपाली कांग्रेसका  नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) साँझ निधन भएको छ ।

    गएको फागुन १४ गते अचानक मष्तिष्कघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत रहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

    मष्तिष्कघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । केहि दिनको उपचार पछि उनलाई भेन्टिलेटर बाहिर निकालिएको थियो । उनलाई असहज भएको महशुस गरि गत हप्ता मात्र पुनः भेन्टिलेटरमा राखी उपचार अगाडि बढाईको थियो ।  

    अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पताल प्रशासनले जनाएको छ । 

    २०७७, चैत्र १३ शुक्रवार०९:१९:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार