लायन विशेश्वर आचार्य गभर्नरमा निर्वाचित

लायन विशेश्वर आचार्य गभर्नरमा निर्वाचित

२०७७, चैत्र १४ शनिवार

  • 1.9K
    SHARES

  • लायन विशेश्वर आचार्य गभर्नरमा निर्वाचित

    पोखरा । सामाजिक सेवाको क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको गभर्नरमा पोखराका विशेश्वर आचार्य निर्वाचित भएका छन् ।

    शनिवार डिष्ट्रिक्टको पोखरामा भएको नवौं महाधिवेशनबाट आचार्य सन् २०२१-२२ का लागि गभर्नरमा चुनिएका हुन् । उनको टिमले जुलाईबाट कार्यभार सम्हाल्ने छ ।  

    पोखरा स्थाई घर भएका ४५ वर्षीय नोभेल एकेडेमीका प्रमुख कार्यकारी आचार्य २१ वर्षको लामो सक्रियता पश्चात गभर्नर बन्न सफल भएका हुन् । उनको होम क्लव लायन्स क्लव अफ पोखरा सेन्ट्रल हो । सन् २००६ मा होम क्लवको अध्यक्ष बनेका आचार्य २००८ देखि नै डिष्ट्रिक्टको विभिन्न जिम्मेवारीमा छन् ।

    सन् २०१५ मा क्याविनेट सेक्रेटरी बनेका उनी २०१६ मा चिफ एम्वास्डर अफ गभर्नर, १७ मा डिष्ट्रिक्ट कोचिफ एडभाइजर, १८ मा सिनियर एम्वास्डर अफ गभर्नर हुँदै १९ मा लोकप्रिय मतका साथ द्धित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए । योसंगै उनको गभर्नर बन्ने ढोका खुलेको थियो । 

    २०२० मा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बनेका आचार्यले २०१३ मा नै एमजेएफ (मेल्भिक जोड फाउण्डेशनको सदस्य) बनेका थिए । उनी नेपाल लायन्स फाउण्डेशन र टियू लायन्स ब्लड बैंकका संस्थापक सदस्य समेत हुन् । 

    पौडेल फष्ट भाइस गभर्नर र बज्राचार्य द्धित्तीय भाइस गभर्नर 
    आचार्य गभर्नर बन्दा डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र द्धित्तीय भाइस गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित भएका छन् । पौडेलको होम क्लव काठमाडौं साझा फूलवारी हो ।  

    Manishree 1.PNG

    होम क्लव काठमाडौं बालाजु रहेका ४३ वर्षीय द्धितीय भाइस गभर्नर बज्राचार्य काठमाडौं निवासी हुन् । सन् १९९० देखि लियोमा प्रवेश गरेका उनी २००५ मा लायन्स सदस्य बनेका थिए । सन् २००९ मा क्लव प्रसिडेन्ट बनेका बज्राचार्य २०१४ मा क्याबिनेट सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए ।

    यससँगै हाल क्याबिनेट चिफ एडभाइजरको जिम्मेवारीमा रहेका बज्राचार्यलाई सन् २०२३-२४ को लायन्स गभर्नर हुने बाटो समेत खुलेको छ । 

    त्यसैगरि पुर्व गभर्नर बालकृष्ण बुर्लाकोटीलाई अन्तरराष्ट्रीय डाइरेक्टरको इन्डोर्सी उम्मेदवारका लागि क्लवले यस भोट प्रदान गर्ने निर्णय गरेको लायन विश्व भट्टराईले बताए । आजको १ दिने महाधिवेशनमा ३००० जना प्रतिनिधि सहभागि भएको बताइएको छ । 

    २०७७, चैत्र १४ शनिवार०९:५९:४४

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार