पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता

पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता

२०७७, चैत्र १५ आइतवार

  • 1.5K
    SHARES

  • पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६ औं महाधिवेशनमा निर्वाचनका लागि शनिवार साँझ उम्मेदवारी दर्ता भएको छ । प्यानलै बनाएर उम्मेदवारी दर्ता भएको हो । 

    प्रगतिशील व्यावसायिक समूहको उम्मेदवारी  प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी छन् । महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् ।

    प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहकी पूर्वअध्यक्ष रहेकी शर््माले उम्मेदवारी दिएकी हुन् ।

    सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् । 

    त्यसै गरि नेपाल प्रेस यूनियन लगायतका सङ्गठनले पनि संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

    युनियन गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    खुल्ला उपाध्यक्ष्मा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले ले पनि उम्मेदवारी दिएका छन् । 

    महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदैछ ।

    २०७७, चैत्र १५ आइतवार०७:१९:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार