चीनमा १० करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

चीनमा १० करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

२०७७, चैत्र १६ सोमवार

  • 957
    SHARES

  • चीनमा १० करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

    बेइजिङ । चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो । 

    राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् ।

    चीनले मार्च २४ पछि दैनिक कोभिड–१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।- एजेन्सी । 

    २०७७, चैत्र १६ सोमवार०६:४०:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार