जनावरका लागि पनि बन्यो कोरोनाको खोप

जनावरका लागि पनि बन्यो कोरोनाको खोप

२०७७, चैत्र १९ बिहिवार

  • 1.6K
    SHARES

  • जनावरका लागि पनि बन्यो कोरोनाको खोप

    मस्को । कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ ।

    जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 

    रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो । 

    खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो । उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेका थिए । 

    परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।

    “यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ,” एक स्वास्थ्य अधिकारीले भने ।  

    सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ । त्यसपछि अरू देशहरूलाई पनि आवश्यकतानुसार खोप उपलब्ध गराउन सकिने उनीहरूले बताएका छन् ।  

    खोपको विकास रुसको सङ्घीय पशु स्वास्थ्य केन्द्रले गरेको हो ।- एजेन्सी । 

    २०७७, चैत्र १९ बिहिवार०७:१९:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार