पत्रकार महासंघ झापा अध्यक्षमा एकराज गिरी 

पत्रकार महासंघ झापा अध्यक्षमा एकराज गिरी 

२०७७, चैत्र २६ बिहिवार

  • 2.8K
    SHARES

  • पत्रकार महासंघ झापा अध्यक्षमा एकराज गिरी 

    झापा । नेपाल पत्रकार महासंघ झापा जिल्ला अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् ।

    वुधवार साँझ सम्पन्न भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार गिरी १५५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी तिर्थ सिग्देल २६ र विशाल नेम्बांगले ७४ मत ल्याएका थिए ।

    त्यसै गरि खुल्ला उपाध्यक्षमा केशव भट्टराई, महिला उपाध्यक्ष सुशिला संग्रौला, सचिव डिकेस लामा, सहसचिव राजु पाठक र अर्जुन राजवंशी, कोषाध्यक्ष रञ्जित प्रसाईँ निर्वाचित भएका छन् । 

    सदस्य पदमा संयुक्त प्यानलकै मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

    दलित सदस्य पदमा १४० मतसहित रञ्जित परियार विजयी भए भने उनका प्रतिद्वन्दी किशोर उपरकोटीले ९८ मत प्राप्त गरे । खुला सदस्यहरूमा चिरञ्जीवी घिमिरे, द्रोण अधिकारी, मनिषा चम्लागाई, विनोद पाण्डे (कमल), शुष्मा राजवंशी र होमप्रकाश अधिकारी विजयी भएका छन् ।

    सत्तानिकट रहेको प्रेस चौतारीबाट विजयी हुनेहरुमा आदिबासी-जनजाति सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुबेदी, अनिल वाग्ले र सुनिरा मैनाली छन् ।

    यसका साथै प्रेस युनियन लगाएतको संयुक्त प्यानलले २० सदस्यीय पदाधिकारीमा १६ पद जितेको छ । 

    २६३ मतदाता रहेको झापामा २५६ मत खसेको थियो । केन्द्रीय समिति र प्रदेश समितिको भने मतगणना हुन बाँकी छ ।

    jhapa patrakar maha.jpg

     

    २०७७, चैत्र २६ बिहिवार०७:४८:५७

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार